सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेद्वारी

प्रकाशित समय: मगलवार, ०५ : १९ बजे आश्विन १९ गते



एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेद्वारी

काठमाडौँ, १९ असोज।गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वको लागि डा. बद्री केसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

 

मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्पका लागि उम्मेद्वारीको घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताउनुभयो ।

त्यस्तै उहाले गैरआवासीयलाई नागरिकता दिलाउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्राउने लगायतका प्रतिवद्धता जनाउनुभयो । आफु अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने लगाएतका काम गर्ने उहाले बताउनुभयो ।

बर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहनुभएका केसीले यसअघि आफुले अघि सारेका कामलाई पूरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको धारणा राख्नुभयो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रबीना थापाले पनि यसअघि नै उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ ।