ललितपुर,बागमती गाउँपालिकाले यही कात्तिक १३ गतेबाट हुने अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि सात वटै वडाका युवा खेलाडीहरूलाई फुटबल वितरण गरेको छ।
खेल अभ्यास तयारीको लागि फुटबल वितरण गरिएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धराज नेगीले बताए।
गाउँपालिकाको आर्थिक सहयोग र अध्यक्ष वीरबहादुर लोप्चनको उपस्थितिमा युवाहरुलाई खेलप्रति आकर्षित गर्न फुटबल वितरण गरिएको अध्यक्ष नेगीले बताए।
बागमती गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न खेलको आयोजना गर्दै युवाहरुलाई खेल प्रति आकर्षित गर्ने कार्य गर्दै आएको छ।
गाउँपालिकाले कात्तिक १३ गते गर्न लागेको फुटबल प्रतियोगिता तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ