सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १० बैशाख २०७६ / Tuesday, 23 April 2019

नेपाली कांग्रेसले जितेको निर्वाचन २०७४

..
प्रकाशित समय: सोमवार, ०७ : ३८ बजे मंसिर ११ गते



नेपाली कांग्रेसले जितेको निर्वाचन २०७४

२००३ सालमा स्थापनामा भएको पार्टी हो नेपाली कांग्रेस। जतिबेला नेपालमा जहानिय राणाशासनको दबदबा थियो। जनताको हकअधिकार कुण्ठित थिए। सबै जात धर्म वर्ण लिंग मानिसको हकअधिकारको सुनिश्चिता गर्न नेपाली कांग्रेस पार्टीको स्थापना भयो।

 

नेपालबाट राणाशासन फाल्न जातीय विभेदताको अन्त्य गर्न गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारीलाई आमजनतामाझ पुर्याउनु पर्छ भन्दै २००३ साल चैत ३० गते नेपालको इतिहासमा प्रथम सत्याग्रह भयो। जसको नेतृत्व नेपाली कांग्रेस पार्टीले गरेको थियो। यस्तै आन्दोलनको नेतृत्व गर्दै २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भयो।

 

देशमा राणा शासनको अन्त्य भयो। शिक्षा स्वास्थ्य सञ्चार रोजगारी सिर्जनाको भयो। विसं २००३,२००७,२०११,२०१४हुदै २०४६ सालसम्म विभिन्न आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गर्यो। जसबाट जनताका हकअधिकार क्रमश सुनिश्चित हुँदै गएका थिए। २०५२ सालमा जब नेकपा माओवादीले जनयुद्धको थालनी गर्यो मुना देशमा जनता माथी नै राज्य र माओवादीबाट दमन हुन थाले।

 

राजाबाट पूर्वपञ्चको सल्लाहमा प्रतिगामी तत्वको सल्लाहमा नेपाली कांग्रेसले खोजेका जनताको हक हितका कार्यहरुलाई अंकुश लगाउने काम भयो। अनि कथित जनयुद्धका नाममा जनताका छोराछोरीलाई मार्ने विकास निर्माणका कामलाई ध्वस्त पार्ने काम माओवादीले गर्यो। यति हुँदाहुँदै पनि कतैबाट विचलित नभई नेपाली कांग्रेस पार्टीले राजा ज्ञानेन्द्रको शाही शासनलाई आफ्नै नेतृत्वमा २०६२/२०६३ को आन्दोलनमार्फत ढालेकै हो।

 

जनयुद्ध गरिरहेको नेकपा माओवादी पार्टिलाई शान्तिपूर्ण ढंगले राष्ट्रिय राजनीतिमा समावेश गराएको हो। तत्पश्चात गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपालको इतिहासमा २०६४ सालमा पहिलो संविधानसभाको चुनाव पनि गराउन सफल भएका थिए। विडम्बना नेपाली कांग्रेस पार्टीले बहुमत ल्याउन सकेन।

 

नेपाली कांग्रेसले सोही संविधानसभामार्फत नेपाली जनतालाई जनताले नै लेखेको संविधान दिने प्रयास गरेकै हो तर कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीले विभिन्न बखेडा निकालेर सो संविधानसभाबाट संविधान दिन सकेनन्। त्यसबेला कम्युनिस्टहरूको बहुमत आएका कारण प्रचण्ड पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री थिए।

 

जसको नेतृत्व माओवादी र एमाले पार्टीले गरेको कुरा जनतामा छर्लङ्ग छ। तत्कालीन माओवादी पार्टीका नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले खिलराज रेग्मीको अध्यक्षतामा हुने गरी मन्त्रिपरिषद् बनाई रेग्मीको नेतृत्वमा देशमा पुनः २०७० सालमा दोस्रो संविधानसभाको चुनाव भयो। नेपाली जनताले यो देशको माटो नेपाली कांग्रेस बाहेक अरु कुनै शक्तिले सञ्चालन गर्न सक्दैन भन्ने हेक्का राखे।

 

नेपाली कांग्रेसले नै समुन्नत देशको निर्माण गर्न सक्दछ भनि २०७० सालको दोस्रो संविधानसभा चुनाव मार्फत नेपाली कांग्रेसलाई मत दिइ पहिलो दल बनाए। यसै सिलसिलामा नेपाली जनताले आफैंले लेखेको संविधान पाउन सफल भए। जसको नेतृत्व पनि नेपाली कांग्रेस पार्टी (सुशील कोइरालाको नेतृत्वको सरकार) ले नै गर्यो। २०७२ को संविधानमार्फत देशलाई संघीय ढाँचामा ढाल्दै देशमा विकासको मूल फुटाउन नेपाली कांग्रेस तल्लीन रह्यो।

 

संविधान जारी भइसके पश्चात तराई मधेसमा राजनीति गर्ने पार्टीहरुले असन्तुष्टि जनाए। देशमा नाकाबन्दि भयो। त्यसैलाई मुद्दा बनाई एमालेले माओवादीसँग मिलेर सरकार बनायो। न त संविधान कार्यान्वन गराउन सक्यो न त असन्तुष्ट पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सक्यो? केपी ओलीको उखान टुक्कामै देश गुज्रि रह्यो। संविधानको कार्यान्वयन गराउन नेपाली कांग्रेसको पहलमा प्रचण्डको नेतृत्वमा संयुक्त सरकार बन्यो र स्थानीय निकायको निर्वाचन भयो।

 

पहिलो, दोस्रो र तेस्रो चरण गरी भएको निर्वाचनमा दुई चरणको नेतृत्व नेपाली कांग्रेसले पार्टीले नै गर्यो। तराई केन्द्रीत राजनीति गर्ने पार्टीलाई पनि चुनावमा भागलिने वातारण बनायो। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ। तेस्रो चरणको चुनावको नतिजाले अत्तालिएर एमाले र माओवादी को गठबंधन भएको छ।

 

नेपाली कांग्रेस पार्टीले सोचेको नतिजा नल्याएपनि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको पहिलो जित हो। अनि भर्खरमात्र प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ। यो नेपाली कांग्रेसको दोस्रो जित हो। २०७४ मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ। जनतामा आशा पलाएको छ। २१गते पछि आउने परिणाममा नेपाली कांग्रेस पार्टीले सोचेजस्तो नतिजा नल्याएपनि नेपाली जनताको मन जित्ने छ।

 

देशलाई निकास दिई संविधान कार्यान्वयन गराइ संविधान मान्दैनौं भन्ने पार्टीलाई चुनावमा सहभागी गराई एक अभिभावकको अभिभावकत्व पूरा गर्ने कार्य नेपाली कांग्रेसले नै गर्दैछ। यसैकारणले हरेक आन्दोलन हरेक वर्ग जातिको सम्मान दुई असल छिमेकी चीन र भारतसँगको सम्बन्धलाई प्रगाढ र सुमधुर राख्दै मतपरिणाम जे सुकै आएपनि नेपाली कांग्रेसले २०७४ को निर्वाचन जितेको छ। धन्यवाद, जय नेपाल॥

 

कमल प्रसाद दाहाल

kamaldahal916@gmail.com