साहिला ताामाङ, ललितपुर, १२ मंसिर । क्षेत्र नम्बर १ ललितपुरमा लोकतान्त्रिक गठबन्धनवाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् अर्थराज्यमन्त्री उदयशम्शेर राणाले क्षेत्रको विकास गर्नेलाई मत दिन आग्रह गरेको छ ।
जनताको सुख दुःखमा साथ दिने र सहयोग गर्ने व्यक्ति को हुन पहिला छुट्याउनुस अनि मात्र भोट हाल्नुस – राणाले भने ।
प्रजातान्त्रिक सहकारीको भेलालाई आज सम्बोधन गर्दै उहाँले यस क्षेत्रमा मैले अनगिन्ती विकासका कामहरु गरेको छु, थुप्रैलाई विभिन्न स्थानमा रोजगारीमा लगाएको छु, जनताको साथमा सधैं रहिरहेको छु, जनमुखी कामलाई तीव्रता दिएको छु, यहाँको भुगोलको राम्रो अध्ययन गरेको छु । के बामगठबन्धनवाट उम्मेदवार बनेका नवराज सिलवाले यी काम गरेका छन ? राणाले प्रश्न गरे । २९ वर्षसम्म प्रहरीमा जागिर खानेले यस क्षेत्रको कुन ठाउँमा विकास गरे ? राणाले थप प्रतिप्रश्न गरे ।
विगत २ दशकदेखि मैले यस क्षेत्रमा निरन्तर विकास गर्दै आएको छु, के सिलवालले कुनै विकासका काम गरे ? राणाले आक्रोस पोखे । जनताले बुझेका छन विकास गर्नेलाई नै भोट दिने हो कुनै प्रलोभनमा होइन–राणाले भन्नुभयो ।
सिलवालले आफ्नो जागिरको सिलसिलामा ४ जना व्यक्तिलाई प्रहरीमा जागिर खुवाए, मैले त १०० जना व्यक्तिलाई प्रहरीमा जागिर लगाएको छु राणाले भने । कसले जनताको सेवा गरेका छन त्यो जनताले नै बुझेको छ मैले भनिरहनु पर्दैन–उनले भने ।
क्षेत्रको विकास र रोजगारी आधारमा लोकतान्त्रिक गठबन्धनलाई जनताले भोट हाल्ने छन –उनले भने । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका राणाले भन्नुभयो – मेरो पहलमा कान्तिलोकपथ बाटो, ललित घुम्ती बाटा जस्ता थुप्रै बाटाहरुको विकास र स्तरउन्नती भएको छ । के सिलवालको पहलमा कुनै विकास भएको छ ? उनले फेरि प्रश्न गरे ।
म जनतालाई सोध्न चाहान्छु, यदि सिलवालले जनताको घर आँगनमा विकास गरेको छ भने उनलाई भोट दिनुस होइन भने भोट माग्ने आधार सिलवालसँग छ ? विकास गर्ने को हो ? चिनेर भोट दिनुस –राणाले भने ।
यसै गरी लोकतान्त्रिक गठबन्धनवाट क्षेत्र नम्बर १(क) उम्मेदवार ऋषिराम घिमिरेले जनमतको कदरलाई नै सहर्ष स्वीकार गर्ने बतायो । उनले भने –जनताको सेवा र विकास निर्माण काम कसले गरेको छ त्यो छर्लगैं छ, त्यसैले जनमानसवाट लोकतान्त्रिक गठबन्धनलाई भोट आउँछ र दुइ तिहाई लोकतान्त्रिक गठबन्नको मत आउने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ