सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

 बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित भेटिए

प्रकाशित समय: मगलवार, ०१ : २२ बजे कार्तिक १६ गते



 बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित भेटिए

लन्डन,१६ कात्तिक। बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् ।

 

यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ ।रासस