सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०५ : ०४ बजे कार्तिक १७ गते



४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं, १७ कार्तिक । नेपालमा बुधबार थप ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ७७ पिसिआर परिक्षणका क्रममा ३ सय ९५ र ३ हजार ३ सय ३६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार २ सय ७१ जना निको भएका छन् । हाल नेपालमा ९ हजार १ सय २३ सक्रिय संक्रमित आइशोलेशन र १ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।