नयाँ दिल्ली,२३ कात्तिक । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या नौ महिना पछिकै सब भन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन ।
यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले जनाएका छन् । कूल सङ्क्रमित मध्ये एक लाख ४० हजार ६३८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो ।
पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ । ती मध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ