काठमाडौं, २४ कात्तिक । आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ ।
शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो ।
सन् २००१ मा युनेस्कोले आह्वान गरेको यस दिवस पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो । त्यसयता निरन्तर रूपमा मनाइँदै आइएको यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ ।
मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा हाम्रै अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ ।
पृथ्वीमा रहेका हरेक प्राणीको लागि जलवायुमा भइरहेको परिवर्तन गम्भीर खतराको रूपमा देखापरेको छ । हामीले सामना गरिरहेको केही विश्वव्यापी चुनौतीलाई विज्ञान, प्रविधिद्वारा सम्भव हुनसक्ने सम्भावित समाधानहरूलाई हामीसामु ल्याउने प्रयत्न यस दिवसले गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ