काठमाडौं, ४ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेकाे थियाे । त्यसयता राखेप सदस्यसचिव विहीन छ ।
अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेकाे, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ