काठमाडौं । सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ । जसका लागि देशका विभिन्न स्थानमा खोप केन्द्रहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ ।
कात्तिक महिनामा जम्मा ४ दिनमा १ लाखभन्दा बढीले खोप लगाएकोमा मङ्सिर लागेसँगै दैनिक झन्डै एक लाखका दरले कोरोनाविरुद्धको खोप लगाइरहेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए । हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ