सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

प्रकाशित समय: बिहिवार, ०९ : ३४ बजे मंसिर १६ गते



ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

एजेन्सी/ केप टाउन । दक्षिण अफ्रिकामा काेभिड संक्रमण तीव्र बढेकाे छ । नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन् । पछिल्लाे त्यहाँ काेभिड विरामीकाे संख्या दाेब्बरले बढेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ    भेरियन्ट ओमिक्राेनका कारण  काेभिड बिरामी बढेकाे हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । 

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ । अमेरिका र नाइजेरियमा  दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ । 

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ । अहिले प्रयाेगमा आइरहेका खाेप ओमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । 

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै अ‌ाएका छन् ।