सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट खेलाडी

प्रकाशित समय: शुक्रवार, १० : ५९ बजे फाल्गुन ४ गते



सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट खेलाडी

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपाली राष्ट्रिय टिमका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट' घोषित भएका छन् । नामिबियामा भएको यस प्रतियोगितामा नेपाली युवा क्रिकेटर सन्दीपले प्रतियोगिताभरि नेपालका जम्मा १७ विकेट लिँदै उनी 'म्यान अफ टुर्नामेन्ट' बन्न सफल भएका हुन् ।

 

नेपालका लागि उनले ६ खेल खेल्दै १७ विकेट लिएका हुन् । सन्दीप म्यान अफ टुर्नामेन्ट बनेपछि उनलाई आवद्ध गरेको आईपीएल टोली दिल्ली डेयर डेभिल्सले पनि बधाई दिएको छ । त्यसैगरी युएईसँग सात रनले पराजित भएको खेलमा शतक बनाएका नेपाली कप्तान पारस खड्कालाई पनि दिल्ली बधाई दिएको छ ।

 

दिल्लीले सन्दीपलाई यो सिजनको आईपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेो छ। युएईसँग हारे पनि नेपाली क्रिकेट टिमले देखाएको टिम गेम र सन्दीपको पनि दिल्लीले प्रशंसा गरेको हो ।