ललितपुर,भरतपुर महानगरपालिकाको चितवन एक्सपो सेन्टर हलमा शलोम पाँचौँ राष्टिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ माघ ५ देखि ८ सम्म हुने भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनि सो विभाग तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा आज भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराउँदै कृषि यान्त्रीकरण अनि औधोगिकरण तथा व्यवसायीकरण गर्न प्रदर्शनीले टेवा पुग्ने बताइएको छ ।
परियोजनाका वरिष्ठ इञ्जिनियर जित चन्दले सो प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म हुने जानकारी गराउँदै सोमा उपस्थित व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखी शिवीर लगायतका आवश्यक बस्तुको समेत जोहो गर्ने भनाइ राख्नुभयो ।
कृषि पूर्वाधार तथा यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेलले नीतिनिर्माता अनि पेशागत समुह तथा अनुसन्धानकर्ताका साथै कृषक लगायतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्बन्धि जानकारी गराउन प्रदर्शनीले कोशेढुङ्गा सावित गर्ने बताउनुभयो ।
नेपाल कृषि व्यवसायी सङ्घका सचिव जेवी घिमिरेले आउँदो मागमा चार दिन हुने भएको प्रदर्शनीमा कृषि यन्त्र अनि उपकरण तथा प्रविधिको बृहत प्रदर्शनी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एकै थलोमा कृषि सम्बन्धी विभिन्न प्रविधिका साथै कृषक र विज्ञको समेत जमघट हुने मौका मिल्ने भएको छ ।”
सो कार्यक्रम कृषि कर्जा मेला संयोजक सुष्मा शर्माले उक्त प्रदर्शनीमा सो कर्जाका विषयमा कृषक र बैकंहरुबीच भएको मतभेदका साथै अन्य समस्याहरु निराकरणका लागि आफूहरुले राष्ट्रिय बहस गरीने भएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “यस कर्जाका लागि आम कृषकहरुमा परेको मर्का सुनेर हामीलाई नीतिनिर्माण तहमा समेत कुरा लैजान सहज हुनेछ ।” मुलुकमा आफूहरुलेनै पहिलो पटक सो कर्जा सम्बन्धीत मेला आयोजना गर्न लागेको उहाँले दाबी गर्नुभयो ।
मुक्तिनाथ कृषि कम्पनीका कार्यालय सचिव रामशरण तिमिल्सिनाले समग्र कृषि क्षेत्रका लागि सो प्रदर्शनीले नयाँ आयाम थप्ने भएको विश्वास व्यक्त गर्नुभयो ।
शलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारीले आफूले इजरायलमा नौ वर्ष काम गर्दा त्यहाँ अप्नाएका प्रविधि मुलुक सुहाउँदो यहाँपनि भित्र्याउन आवश्यक ठानी आठ वर्षअघि २०७० सालमा पहिलोपटक कृषि यान्त्रीकरण प्रदर्शनी गरेर सोतर्फ जोड दिन सरकार र कृषकलाई झकझकाइरहेको सुनाउनुभयो ।
सङ्घका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कडेलले आफूहरुले प्रदर्शनीमार्फत किसान देखि सरकारलाई सचेत गराउन बाली संरक्षण देखि सिँचाइ लागयतको प्रविधिमा समेत जानकारी गराएर अघि बढ्ने भएको बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले मुलुकमा रहेका साना देखि ठूला कृषक दाजुभाई तथा दिदीबहिनीलाई आउँदा दिनमा कसरी कृषि पेशा अप्नाउन सहज तुल्याउने भनी प्रदर्शनीमार्फत सहयोग गर्ने भएको आँैल्याउनुभयो ।
सङ्घका अध्यक्ष खोजराज कटुवालले प्रदर्शनीमा खाद्यान्न निर्माणदेखि भवन लगायतका प्रविधिका साथै पानी र माटो परीक्षण गर्नेसमेत यन्त्र बारे सुचना प्रदान गर्ने भएको बताउनुभयो ।
उक्त कार्यक्रमको उद्देश्य किसान र कृषिको हितका लागि पराम्परागत नभएर आधुनिक कृषिका साथै पशुपालकका अनि मत्यपालक तथा पुष्पखेतीका साथै व्यवसायीक तरकारीखेती लगायत प्रशोधन र बजारीकरण सम्बन्धि यन्त्र तथा बीउबीजन समेतका बारेमा प्रदर्शनी गरिने जानकारी गराइयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ