एजेन्सी/सिड्नी । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो ।
बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ ।
‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ,’ ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने ।
अस्ट्रेलियामा यस वर्ष विद्यालय सुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औषतमा दैनिक एक लाख जनामा कोभिड संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपी, केही प्रतिबन्ध भने लागू गरिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ