म्यानमार, २६ पुस।म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।
नोबेल शान्ति विजेता सूची गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सूचीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कु गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।
यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ