एजेन्सी/ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।
पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए ।सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ