एजेन्सी/ प्योङयाङ । उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।
नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए । मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए । प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो । उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ