काठमाडौं । गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । 'जाल बुन्यो' गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो प्रिमियर गरियो । कार्यक्रममा गीतको निर्माण टिमसँगै कलाकारको उपस्थिती थियो । गीतको भिडियोमा टुईन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै टुईन्स ब्वाय अमर दाहाल र अमृत दाहालको नृत्य रहेको छ । मानकृष्ण महर्जनले खिचेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने भिडियोमा निर्देशन र कोरियोग्राफि रामजी लामिछानेको रहेको छ ।
कार्यक्रममा गायिका सुजाताले निकै मिहिनतका साथ गीतको अडियो र भिडियोमा काम गरेको र दर्शकले मन पराउनेमा विश्वास ब्यक्त गरिन् । गायक बिपिनले पनि युवापुस्तासँगै सबै बर्गका दर्शकलाई मन पर्ने खालको गीत बनाइएको भन्दै गीत सबैलाई मन पर्नेमा विश्वास राख्छन् ।
भिडियोका कलाकारले काम गर्दा टिम राम्रो भएकाले भिडियो पनि राम्रो बनेको प्रतिक्रिया दिए । निर्देशक रामजी लामिछाने र गायिका सुजाताको यो दोस्रो सहकार्य हो । यसअघि सुजाताको 'राती राती फोन गर्ने' बोलको गीतमा राजमीकै निर्देशन थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ