काठमाडौं । बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् । धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए ।
यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियंकाले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरुको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरु कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन् । करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियंका अलग्गिने निर्णय लिइसकेकी छन् ।
यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियंकालाई पनि अनुबन्धित गरेका थिए । फिल्म सडक यात्राको कथामा आधारित छ । प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने निर्णय लिएकी छन् ।
सन्तानका कारण प्रियंकाले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरु को अभिनेत्री लिने भन्ने तनावमा छन् । प्रियंका पछिल्लोपटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ