काठमाडौं । कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना हुँदैछन् ।
समूह ‘ए’ मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्त अरब इमिरेटस् (यूएई) र सिरिया आमने-सामने हुनेछन् ।
समूह ‘बी’ बाट जापान र चीनले प्रतिस्पर्धा गर्दा अष्ट्रेलियाले भियतनामलाई आतिथ्य प्रदान गर्नेछ । यता ओमान भने अपराजित साउदी अरबिया भ्रमणमा निस्कने छ ।
समूह ‘ए’ मा ६ खेलबाट पाँच जितसहित १६ अंक बनाएको इरान शीर्षस्थानमा छ । १४ अंकको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा यूएई ६ अं सहित तेस्रो, पाँच अंकको लेबनान चौथो, चार अंकको इराक पाँचौ र सिरिया दुई अंकसहित पुछार तथा छैटौं स्थानमा छ ।
यता, समूह ‘बी’ मा ६ खेलबाट पाँच अंकसहित १६ अंक बनाएको साउदी अरबिया शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १२ अंक छ । तेस्रो स्थानको अष्ट्रेलिया ११ अंकसहित तेस्रो, ओमान सात अंकसहित चौथो, चीन पाँच अंकसहित पाँचौ र बिना कुनै अंक भियतनाम पुछारमा छ ।
दुवै समूहका शीर्ष टोली सिधै कतार विश्वकपका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहका तेस्रो हुने टोलीबीचको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ