काठमाडौं । अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतको अभिनय छ ।
चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले व्यवस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन् ।
श्रीमान–श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ । ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका सुमन नेपाल चलचित्र निर्देशक समाजका पूर्वउपाध्यक्ष हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ