सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

दुर्गेशको नयाँ गीत 'पैसा'मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाकाे माग

प्रकाशित समय: सोमवार, १० : ५३ बजे माघ १७ गते



दुर्गेशको नयाँ गीत 'पैसा'मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाकाे माग

काठमाडाैं । गायक दुर्गेश थापा नयाँ गीत 'पैसा' पनि विवादमा तानिएकाे छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । 'अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ,' संगठनका संयाेजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ' कलाकारले प्रयाेग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।'

'पैसा'म्युजिक भिडियाे प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएकाे छ ।