ललितपुर, ८ बैशाख । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नमुना नगर बनाउन नगरवासीकाे साथ र सहयोग अनिवार्य रहेकाे बताउनुभएको छ ।
सिम्रिक वहुउदेश्य सहकारीद्वारा अाज अायाेजित अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले अार्थिक क्षेत्रकाे प्रमुख मेरुदण्ड सहकारी सस्था रहेकाे बताउनुभयाे ।
सहकारी मार्फत धेरै जनशक्तिले राेजगारी पाएकाे उल्लेख गर्दै प्रमुख महर्जनले यस क्षेत्रकाे विकास र समृद्धिका लागि नगरपालिकाकाे तर्फबाट अावश्यक सहयाेग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
समृद्ध नगर निर्माणमा सहकारी क्षेत्रकाे ठुलाे भुमिका रहने उहाँको भनाइ थियाे ।समृद्ध सहकारीवाट घरघरमा राेजगारीकाे वृद्धि हुन सक्ने उहाँको तर्क रहेको थियाे । नगरवासीको चाहना अनुरुप नगर विकास गरिने उहाँले बताउनुभयाे ।
नगरवासीले झेल्दै अाएकाे खानेपानी तथा बाटोकाे समस्याकाे समाधानतर्फ सिङ्गो नगरकाे समूह लागि परेकाे उहाँले बताउनुभयो ।
विस २०७४ मा जिल्लाकाे उत्कृष्ट सहकारीको पुरस्कार सिर्मिक सहकारीले पाएकाे थियो । यस सस्थामा ११३७ सदस्य सङ्ख्या रहेको छ ।
साे अवसरमा विद्यार्थीहरुलाइ स्कुल व्याग तथा स्टेशनरी वितरण गरिएको अध्यक्ष लच्छमण विष्टले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ