लन्डन, ८ फागुन।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ । ’
रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’ प्रधानमन्त्रीले थपे ।रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’ उनले अगाडि थपे ।
करिव १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् ।तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ ।
‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्योे वास्तवमा आकारका हिसावल युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने । युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताए ।
अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ