काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको नेपाल क्यानडालाई हराउँदै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ ।
क्यानडालाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो । नेपाल समूह एमा चार अंकसहित शीर्षस्थानमा छ । क्यानडा र ओमानको दुई दुई अंक छ । क्यानडासँग पराजित भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।
समूह विजेताका रुपमा सेमिफाइलमा पुग्न नेपालले क्यानडालाई हराउनुपर्छ । हारेपनि ठूलो अन्तरको हार नखेप्दा नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ । यदि क्यानडाले फराकिलो रनले नेपाललाई हराएमा क्यानडा अंक तालिकामा नेपालभन्दा माथि हुनेछ । अर्को खेलमा फिलिपिन्सले ओमानलाई हराएमा नेपाल ठूलो अन्तरले पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ