सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

आई डब्लु एफ एन कराँते ठैबद्वारा मेयर कप कराँते प्रतियोगिता आयोजना

प्रकाशित समय: बुधवार, १० : ३१ बजे फाल्गुन १८ गते



आई डब्लु एफ एन कराँते ठैबद्वारा मेयर कप कराँते प्रतियोगिता आयोजना

ललितपुर,आई डब्लु एफ एन कराते डाे संघ शाखा डाेजाे ठैबले "मेयर कप प्रदेश स्तरीय कराँते प्रतियोगिता २०७८" आयोजना गर्ने भएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर १४ ठैबमा यही फागुन २० र २१ गते हुने खेलमा बागमती प्रदेश भित्रका १३ जिल्लाका खेलाडीहरूको सहभागिता रहने छ। 

 

नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक लोकप्रिय खेल कराँते खेलका प्रतिभावान खेलाडीहरूको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आई डब्लु एफ एन कराँते डाे संघका केन्द्रीय प्रमुख प्रशिक्षक तथा डोजो शाखा अध्यक्ष बुद्ध राज नेगीले बताए।