किभ, १ चैत।रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन् ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ३५ जनाको उद्धार भएको छ । विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो सञ्जालले जनाएको छ ।
किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तिमा दुई ओटा शक्तिशाली बिस्फोट भएका छन् । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलामा सयौ मानिस मारिएका छन् । रुसी हमलाका कारण झन्डै २५ लाख मानिस युक्रेन छोडेर छिमेकी मुल्ुकहरुमा शरण लिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ