सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः पहिलो खेलमा आज नेपाल र पीएनजी खेल्दै

प्रकाशित समय: सोमवार, ०९ : ४६ बजे चैत्र १४ गते



त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः पहिलो खेलमा आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणत्मक टी ट्वान्टी श्रृङ्खला आजबाट सुरु हुँदै छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल दिउँसो १२ः ३० मा सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई हराउँन नेपाललाई सहज भने छैन । नेपाल र पीएनजी दुबैले एक एक पटक टी–ट्वान्टी विश्वकप खेलेका छन् । नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो । पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपालले भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ ।