सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

प्रकाशित समय: आइतवार, ०३ : २६ बजे चैत्र २० गते



पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद, २० चैत।पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।

 

तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए ।एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।

 

यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् ।