एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । पाकिस्तानको राष्ट्रिय संसदमा हिजो प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए । अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।
राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री विरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो । सन् २०१८ को अगस्टमा पाकिस्तानको २२ औं प्रधानमन्त्री बन्नुभएका खानले ३ वर्ष ७ महिना कार्यकाल चलाएका छन् ।
यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया रोकेका थिए भने प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भङ्ग गरेका थिए । तर, सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि गएराति मध्य रातमा मतदान भएको हो । संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ । जसका लागि भोलि नयाँ नेता छान्न पाकिस्तानी संसदमा मतदान हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि नयाँ चुनाव हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ