एजेन्सी । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुनेछ ।
छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । त्यसैले छनोटको पहिलो खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ