ललितपुरको सानो हात्तीवनमा किराँत माङहिम मन्दिर व्यवस्थापन समितिले राष्ट्रिय वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
हरियाली जोगाऊ प्रकृतिसँगै रमाउ भन्ने नाराका साथ ललितपुरको हात्तीवनस्थित किरात माङहिम मन्दिर वरपर वृक्षरोपण गरेको हो।
जिल्ला वन कार्यालयको सहयोगमा भएको वृक्षरोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री शक्तिबहादुर बस्नेतले रुद्राक्षको विरुवा रोपेर कार्यक्रम सुरु गर्नुभएको थियो।
यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनले कपुरको बिरुवा रोप्नु भयो। 
विभिन्न प्रजातिका ५ सयभन्दा बढी बिरुवा कार्यक्रममा उपस्थित वन मन्त्रालयका सचिव, सहसचिव, पूर्वसचिव, वन विभागका निर्देशक, जिल्ला वन कार्यालयका कर्मचारी, मन्दिर व्यवस्थापनका पदाधिकारी, सदस्यहरु लगायत सर्वसाधारणहरुले वृक्षरोपण गर्नुभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ