बेथानचोक । बेथानचोक गाउँपालिका क्षेत्रका गरिब विपन्न वर्गकाहरुका लागि व्यवसायिक तालिम प्रदान गर्ने भएको छ । गाउँपालिकाको ढुर्खक क्षेत्रका विपन्न वर्गका महिलाहरुलाई लक्षित गरी एडभान्स तालिम शुरु भएको छ ।
स्थानीय १८ ओटा महिला समूहको ४५५ जना महिला सदस्यहरुबाट १० जना युवा महिला सदस्यहरुका लागि तालिम शुरु भएको हो ।
गाउँपालिकाको वडा नं २,३ र ५ मा ग्रामिण विकास संस्थाको सहजिकरण तथा टिडिएच जर्मन एइआइएन लक्जम्बर्गको आर्थिक सहयोगमा संचालित गुणस्तरीय शिक्षा प्रर्वधन तथा महिला युवा र बालबालिकाहरुको अधिकारका लागि शसक्तिकरण परियोजना अन्र्तगत उक्त तालिमा शुरु भएको हो ।
६ महिना सम्म संचालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रम ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डि.एन तिमल्सिना, कृषि प्राविधिक पुरुस्वतम् आचार्य, संस्थाका फिल्ड संयोजक खडानन्द गौतम बाल संजाल बेथानचोकका अध्यक्ष प्रदिप आचार्य लगायतले व्यवहारीक तालिमको महत्वका विषयमा बोलेका थिए । तालिमको प्रशिक्षण सुमित्रा ङाकुसीले गर्ने छिन् ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ