सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

मानेश्वरी संस्कारमा आचार्य

प्रकाशित समय: शनिवार, ०८ : ३२ बजे श्रावण १९ गते



मानेश्वरी संस्कारमा आचार्य

काभ्रे । मानेश्वरी संस्कार सुधार समूहको तेस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले आगामी ३ वर्षका लागि हिरालाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

 

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । समूहले मृत्यु पछि गरिने संस्कारका लागि भवन बनाउने उदेश्यलाई जोडदै नगर भित्र उपयुक्त स्थानमा सार्वजानिक जग्गा भएमा समूहलाई प्रदान गर्ने न्यौपानेको भनाई थियो । सार्वजानिक जग्गा व्यक्तिगत प्रयोग हुन दिँदैनौ उनले भने । वडा नै ८ का वडाअध्यक्ष केशव बञ्जाराले संस्कार संरक्षण र सुधारका लागि समूहले गरेको कार्यको प्रशंसा गर्दै उपुक्त स्थानमा जग्गाको व्यवस्था गरी संस्कार घर निर्माण गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा पत्रकार लक्ष्मण तिमल्सिना, समाजसेवी रमेशर राजलवट, शुभद्रा दाहाल,लगायतले बोलेका थिए । कार्यक्रममा समूहका परिवार भित्रका ८० वर्ष नाघेका बृद्ध बृद्धालाई सम्मान गरिएको थियो । लामो समय देखि पनौतीमा रही पनौतीको शैक्षिक विकासमा सहयोग पुर्याउँदै आएका रमेश राजलवट, तथा काठमाडौं निवासी उमेश राजलवट, नरेश राजलवट, विनोद राजलवट ले स्वर्गीय पिता नारायण बहादुर राजलवट, माता भूवनेश्वरी राजलवटको सम्झनामा १७ जना बृद्ध बद्धालाई सम्मानपत्र, सँगै हर्लिक्स र खादा ओडाएर सम्मान गरिएको थियो ।

 

समूहका सदस्यका परिवारको तर्फबाट यस पटकको एस ई ई परीक्षामा उत्कृष्ट अंक हासिल गर्न सफल परिवर्तन तिमल्सिनालाई प्रशंसा पत्र तथा नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक भीम बहादुर खत्रीले समूहको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कोषध्यक्ष श्याम कुमार बस्नेतले आय व्यय प्रस्तुत गरेका थिए । उनले समूहमा हाल १९ लाख ४ हजार रकम मौज्दात रहेको प्रतिवेदन प्रस्तुत गरे ।समुहका सचिव हरि प्रसाद तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गदै समूहका आगामी नीति तथा कार्यक्रमका बारेमा जानकारी दिए ।

 

सभा साधुराम आचार्यको सभापतित्वमा भएको थियो । सभाले आगामी तीन वर्षका लागि क्रमश अध्यक्ष उपाध्यक्ष, सचिव, सह सचिव तथा कोषाध्यक्षमा हिरालाल आचार्य, राजकुमार तिमल्सिना,हरि प्रसाद तिमल्सिना, यज्ञ प्रसाद हुमागाई,श्याम बस्नेत तथा सदस्यहरुमा सावित्री संजेल तिमल्सिना,सुदिप बञ्जारा, सुभद्रा दाहाल,मिठाराम बञ्जारा,सोमराज तिमल्सिना,रामकृष्ण श्रेष्ठ, निर्वाचित भएका छन् । सभाले ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको संयोजकमा भीम बहादुर खत्री, सदस्यहरुमा महेश प्रसाद कोइराला, नीर बहादुर राउत रहेका छन् ।