काठमाडौं । आज विश्व औलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले पनि सोही दिन यो दिवस मनाउँदै आएको छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व औलो दिवसको अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा सन् २०२२ सम्म नेपालमा औलोलाई शून्यमा झार्ने र सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ । महाशाखाका निर्देशक डा. चुमनलाले दासले औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ