काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान सो ९ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यसअघि हिजो भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको छ । यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ