बेइजिङ।तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ ।
स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
मिसन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--