सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

विश्वकप लिग टुः पहिलो खेलमा नेपाल ओमानसँग पराजित

प्रकाशित समय: शुक्रवार, ०८ : ३७ बजे जेठ २७ गते



विश्वकप लिग टुः पहिलो खेलमा नेपाल ओमानसँग पराजित

अमेरिका । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आज बिहानपख सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । ओमान भने ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले अब दोस्रो खेलमा अमेरिकासँग भोलि खेल्नेछ ।