एजेन्सी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको टेक्ससमा आज बिहान सम्पन्न खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ अर्थात् बराबरी भएको हो । मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले २ सय ७४ रन बनायो । २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल ‘टाइ’ भएको हो ।
खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक÷एक अङ्क पाएका छन् । लिग टु मा नेपाल १४ खेलमा १३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने अमेरिका २२ खेलमा २१ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध पर्सि र अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधवार खेल्ने तालिका रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ