काभ्रे,पनौती बसपार्क आसपासका क्षेत्रमा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको पनौती बसपर्क खानेपानी उपभोक्ता समूहले संस्थाको चौधौं साधरण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै संविधान सभाका पूर्व सभासद रामहरि सुवेदीले स्वच्छ खानेपानी उपयोग गर्ने अधिकार सबै नागरिकको भएको हुँदा जनप्रतिनिधिले त्यस तर्फ ध्यान दिनुपर्ने बताए । स्वच्छ पानी, सन्तुलित भोजन नागरिकको अधिकार हो यसबाट कोही चुक्ने अवस्था हुनु नहुने सुवेदीको भनाई थियो ।
खानेपानीका समूहका सल्लाहकार तुयुकाजी ताम्रकारले काभ्रेका नगर मध्ये पनौती जलसम्पदामा धनी भएको उल्लेख गर्दै जलसम्पदामा धनी भएर पनि सबै पनौती बासीले स्वच्छ खानेपानी उपभोग गर्न नपाएको बताए । पनौतीको भूमिको पानी धेरैले उपयोग गरेको प्रशंग कोट्याउँदै अवका दिनमा सबै पनौती बासीले स्वच्छ पानी पिउन पाउनुपर्ने र पानीमा आधारित उद्योग स्थापनामा ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै समूहका अध्यक्ष लक्ष्मीनारायण ताम्राकारले खानेपानीमा देखिएका समस्याकोहरुको सुधार गर्दै खानेपानी लाइन व्यवस्थित गराइने बताए । विभिन्न उपसमितिहरु गठन गरी समूहलाई व्यवस्थित बनाइएको उनको दावी छ । आफ्नै भवन समेत भएको बसपार्क खानेपानी उपभोक्ता समूह नमूना खानेपानी समूह भित्र पर्दछ ।
संस्थाका कोषध्यक्ष हिरालाल आचार्यले १ सय ७१ धारा मार्फत यस क्षेत्रका हजारौका लागि खानेपानि उपलब्ध गराइएको जानकारी दिँदै हाल संस्थाको कोषमा १२ लाख भन्दा बढि नगद मौज्दात रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव हरि प्रसाद तिमल्सिनाले संस्थाको भावी योजनाहरु प्रस्तुत गरेका थिए ।
सभामा कम पानी उपयोग गर्ने र नियमित महशुल भुक्तानी गर्ने ओत सिंह थापा,उत्कृष्ट कर्मचारी राजकुमार तिमल्सिना,तथा यस वर्षको एस.ई.ई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने परिवर्तन तिमल्सिनालाई सम्मापन पत्र तथा नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा समूहका सल्लाहकारहरु, स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ