सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपाल पराजित 

प्रकाशित समय: बिहिवार, १० : १२ बजे असार २ गते



आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपाल पराजित 

एजेन्सी । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुङ्ग्याएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो । ह्युस्टन स्थित मुसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर दुई सय ६ रन मात्रै बनाउन सक्यो ।