सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

नेपालले आज क्यानडासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै 

प्रकाशित समय: मगलवार, १० : २० बजे असार २१ गते



नेपालले आज क्यानडासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै 

क्यानडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको हो । क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ भने क्यानडा पनि खेलमा जित निकाल्न चाहन्छ । 

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय भोलि हुनेछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।