काठमाडौं । घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ ।
यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसंग दुई अभ्यास खेल खेलेको थियो । एक दिवसीय र टी-२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो । यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ