सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित 

प्रकाशित समय: बिहिवार, ०९ : ५४ बजे असार २३ गते



क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित 

क्यानाडा । क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । राति किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली क्यानाडाले नेपाललाई ८३ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल ३९ दशमलव २ ओभरमा १ सय ५ रनमा अल आउट भयो । योसँगै दुई अभ्यास खेलको श्रृङ्खला क्यानाडाले १–० ले जितेको छ । त्यसअघि मंगलबार रातिका लागि तय भएको पहिलो एक दिवसीय क्रिकेट वर्षाका कारण रद्द भएको थियो ।