एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्।
उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ । यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन् । मन्त्रीहरूले राजीनामा दिएपनि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरूको राजीनामा सुरु भएको हो । उनीहरू दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वलाई विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।
ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ