सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

श्रीलङ्काको आर्थिक सङ्कटः राष्ट्रपतिले बुधवार राजीनामा दिने

प्रकाशित समय: आइतवार, ०९ : १८ बजे असार २६ गते



श्रीलङ्काको आर्थिक सङ्कटः राष्ट्रपतिले बुधवार राजीनामा दिने

काठमाडौं, २६ असार।श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने हुनुभएको छ ।

 

श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने बताउनुभयो । त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि पदबाट राजीनामा दिने बताइएको छ । तर, उहाँले राजीनामा दिने मिति भने खुलाइएको छैन । गोटाबायाले सर्वदलिय सरकार गठनको बाटो खोल्नका लागि आफूले पदबाट राजीनामा दिन लागेको बताउनुभएको छ ।

 

लामो समयदेखि आर्थिक सङ्कटबाट जुँधिरहेको श्रीलङ्कामा हिजो प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेका थिए भने प्रधानमन्त्रीको घरमा आगजनी गरेका छन् । श्रीलङ्का संसदका सभामुख अभयवद्र्धना अस्थायी राष्ट्रपति बन्ने हुनुभएको छ । यसैबीच, मानवअधिकार रक्षा वकिलहरूको एक समूहले श्रीलङ्काको सङ्कटले भयावह रुप लिन सक्ने भन्दै चेतावनी दिएको छ ।