न्युयोर्क । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानी वासिंगटन डीसीमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो ।
‘हामी फिर्ता जानेछैनौं’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनमा भाग लिन करिब १,३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायधिवक्त लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन् ।पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।
तर, गर्भपतनलाई हत्याको रुपमा हेर्ने अभियानकर्ताहरूले अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ