सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

आईसीसी विश्वकप लिग टूः नेपालले आज नामिबियासँग खेल्ने 

प्रकाशित समय: सोमवार, ०९ : १३ बजे असार २७ गते



आईसीसी विश्वकप लिग टूः नेपालले आज नामिबियासँग खेल्ने 

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आफ्नो पहिलो खेलमा  नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको छ । 

नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने नामिबिया पनि नेपाललाई हराउँदै जित हात पार्न चाहन्छ ।  

सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । 

लिग टू को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ भने तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।