विराटनगर, २१ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् ।
गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय लगायत बिभिन्न बिधाका प्रतिभाहरु गाउँ–गाउँमा रहेको भन्दै डा.शर्माले उनीहरुमा भएको प्रतिभा उजागर गर्ने वातावरण मिलाउँनुपर्नेमा जोड दिए ।
थारु समुदायका युवायुवतीको प्रतिभा उजागर गर्ने कार्यक्रम भएकाले नोबेलले थारु आइकनको प्रायोजन गरेको उनले बताए ।
फरक प्रसंगमा डा.शर्माले थारु आइकनबाट उत्कृष्ट एक जनालाई नोबेल मेडिकल कलेजमा निःशुल्क पढ्ने ब्यवस्था मिलाईदिने घोषणासमेत गरेका छन् ।
थारु कला केन्द्रको आयोजनामा सञ्चालित थारु आइकनको यहि असोज २७ गते बिराटनगरमा फाईनल हुँदैछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ