काठमाडौँ, ८ साउन।विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले हालसम्म विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भइसकेको बताउनुभयो ।
हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु समेत भइसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ